२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

राजावादीले भाटभटेनीमा के कति लुटपाट गरे ? साहु मिनबहादुरले सबै खुलाए

शुक्रबार राजावादी समूहको प्रदर्शनले उग्र रूप लिँदा बालकुमारीस्थित भाटभटेनी सुपरमार्केट पनि अराजकताको सिकार बनेको छ। प्रदर्शनकारीहरूले स्टोरमा प्रवेश गरी तोडफोड गर्नुका साथै मोबाइल, घडी, रक्सी, बियर, ह्विस्की, जुसजस्ता सामान लुटपाट गरेका छन्। घटनापछि सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले सार्वजनिक बयान दिँदै यो सबै नियोजित भएको आशंका व्यक्त गरेका छन्।

‘यो गलत भयो। क्षति त्यति ठूलो त भएको छैन, तर सिसाहरू फुटेका छन्। त्यसको हिसाब गर्न केही समय लाग्छ,’ गुरुङले भने, ‘बाहिर राखिएका धेरै सामान लुटपाट गरे। मोबाइल, घडी सबै लगे। रक्सी, बियर, ह्विस्की र जुस पनि लुटियो।’

उनले आफूले नेपालमा धेरै राजनीतिक परिवर्तन देखेको उल्लेख गर्दै व्यक्तिगत सम्पत्तिमाथि यस्तो आक्रमण पहिलोपटक अनुभव गरेको बताए। प्रदर्शनकारीहरू तीनकुनेमा भेला भएर कोटेश्वर हुँदै बालकुमारी पुगेका थिए। प्रहरीको हस्तक्षेपपछि पनि स्थिति नियन्त्रणमा नआउँदा भाटभटेनीमाथि आक्रमण भएको हो।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस