२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

सरकारले पूर्वराजाको सुरक्षा फौज अचानक बदल्यो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको सुरक्षा टोलीको सेट परिवर्तन गरिएको छ। गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, डीएसपी जगदिश हमाल नेतृत्वको सुरक्षा टिमलाई फिर्ता बोलाएर नयाँ टोली खटाइएको हो।

नयाँ सुरक्षा टोली डीएसपी प्रमोद पाठकको नेतृत्वमा सशस्त्र प्रहरी बलद्वारा गठन गरिएको छ। पूर्वराजाले भीभीआईपी सुरक्षा कार्यविधि अनुसार, १५ जना सशस्त्र प्रहरीका जवानहरू र नेपाल प्रहरीका २ जना सुरक्षाकर्मी पाउँछन् । जसको उद्देश्य उनका लागि उच्चस्तरीय सुरक्षा सुनिश्चित गर्नु हो।

यो परिवर्तन सुरक्षा टिमको कार्यकाल समाप्ति र उच्च सुरक्षा मापदण्डको आवश्यकतामा आधारित भएको अधिकारीले जानकारी दिएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रर्दशनमा भएको हिंसामा जोडेर कारबाहीको माग भइरहेका बेला भएको यो परिवर्तनलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस