२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

परीक्षासम्बन्धी प्रहरीको महत्वपूर्ण सूचना जारी

काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले रिक्त रहेको प्रहरी कार्यालय सहयोगी (भान्छे र कुचिकर) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न जारी विज्ञापनअनुसार विस्तृत स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका उम्मेदवारहरूको लागि प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने भएको छ। यो परीक्षा कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा निम्न तालिका बमोजिम सञ्चालन हुनेछ।

संबन्धित उम्मेदवारहरूलाई जानकारी गराउन यो सूचना प्रकाशित गरिएको छ। परीक्षामा सहभागी हुन चाहने उम्मेदवारहरूले सक्कल नागरिकता प्रमाणपत्र र सम्बन्धित कार्यालयबाट प्राप्त प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउनु पर्नेछ। परीक्षा शुरु हुनु भन्दा एक घण्टा अगावै तोकिएको परीक्षा केन्द्रमा उपस्थित हुन अनुरोध गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस