२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

अन्ततः घट्यो सिमेन्टको मूल्य, कति पुग्यो ?

काठमाडौँ । सिमेन्टको मूल्य बजारमा घटेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार, सिमेन्ट उद्योगमा लोडसेडिङ घटेसँगै उत्पादनमा वृद्धि भएको र उद्योगीहरूले सिमेन्टको मूल्य प्रति बोरा २५ रुपैयाँसम्म घटाएका छन्।

महानिर्देशक दाहालले भने, “लोडसेडिङ हटेपछि अझै सिमेन्टको मूल्य घट्न सक्ने सम्भावना छ।”

यसै बीच, फलामे छड (डन्डी) को मूल्य घटेको बारेमा जानकारी नभएको पनि उनले जनाए। “के कति घट्यो भन्न सक्ने अवस्था छैन, यस बारेमा उद्योगीहरूसँग सोध्नुपर्ने हुन्छ,” दाहालले भने।

यसअघि, विभागले उद्योगीहरूलाई सिमेन्ट र डन्डीको उत्पादन लागत मूल्यको सम्पूर्ण विवरण उपलब्ध गराउन पत्राचार गरेको थियो। साथै, विभागले उद्योगीहरूलाई एक साताभित्र सिमेन्ट र डन्डीको अधिकतम खुद्रा मूल्य (एमआरपी) निर्धारण गर्न निर्देशन दिएको छ, जसको पालन उद्योगीहरूले गर्ने सहमति जनाएका छन्।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस