२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

काठमाडौंको महाकाल मन्दिर नजिकबाट रंगेहात एकजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२२ महाकाल मन्दिर नजिकबाट प्रहरीले २४ वर्षीय अनिश थापालाई १ सय १५ ट्याब्लेट ट्रामाडोल सहित पक्राउ गरेको छ। उनी काठमाडौं महानगरपालिका-२० का निवासी छन्।

प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले आइतबार साँझ उनलाई लागूऔषधको साथ पक्राउ गरेको हो। पक्राउ परेका अनिश थापाले अवैध रुपमा ट्रामाडोलको कारोबार गर्दै थिए। प्रहरीले उनलाई कानूनी कारबाहीको लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस