काठमाडौं । इलामको चुलाचुली गाउँपालिका–६ तोरीबारीका ५१ वर्षीय हेम बहादुर विश्वकर्मालाई आइतबार बिहान ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
उजुरीको आधारमा हेम बहादुरले बालिकालाई डरत्रास देखाएर जबरजस्ती करणी गरेको बताइएको छ। प्रहरी चौकी पेल्टिमारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले यस घटनामा आवश्यक अनुसन्धान गर्दै छ।
प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार

