काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिका-११ जाँडखोला उनियाचौरस्थित माझीडाँडा जंगलबाट एक थान भरूवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्तिहरूमा पुतलीबजार नगरपालिका-१० धिमाटीका ४४ वर्षीय खर्क बहादुर गुरूङ र सोही नगरपालिका-११ फापरथुमका ४३ वर्षीय सोम बहादुर गुरूङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो।
यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार

