२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

रविले सभामुखसँग मागे सांसद पद निलम्बन फुकुवा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गरी आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न आग्रह गरेका छन्। उनले यसअघि पनि माघ १८ गते सभामुखलाई सोही आग्रह गरेका थिए।

लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते सांसद पदबाट निलम्बनमा परेका थिए। संसद सचिवालयले कास्की जिल्ला प्रहरी कार्यालयको पत्रका आधारमा उनको निलम्बन प्रक्रिया अघि बढाएको बताएको छ।

तर, रास्वपाले सभामुखले विवेक नपुर्‍याएको भन्दै निलम्बन खारेजीको माग गर्दै आएको छ। जवाफमा सभामुखले कानूनी प्रक्रिया बमोजिम नै पद निलम्बन गरेको बताए । उनले अब अदालत र प्रहरीसँग समन्वय गरेर विचार गर्ने बताए ।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस