काठमाडौं । काठमाडौं महानगरपालिका–२९ मैतीदेवीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने २५० ग्राम पदार्थ र नगद ४ हजार ५ सय रुपैयाँसहित ३० वर्षीया चन्नर कुमारी साहलाई प्रहरीले पक्राउ गरेको छ।
सप्तरी, राजविराज नगरपालिका–४ घर भएकी साहलाई सोमबार दिउँसो प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार

