काठमाडौं । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ सिन्कुलाबाट एकनाले भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३२ वर्षीय तेज कुमार विक र ३८ वर्षीय मानभा राई रहेका छन्। इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले ढुंग्रेबाट सिन्कुलातर्फ जाँदै गरेको प्र.१-०२-०४७ प १८८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बन्दुकसहित पक्राउ गरेको हो।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार

