२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

तीनकुने प्रदर्शनमा मृत्यु भएका सविन महर्जनको पशुपतिमा दाहसंस्कार

काठमाडौं । तीनकुने प्रदर्शनका क्रममा गोली लागी मृत्यु भएका सविन महर्जनको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा आजै उनको पोस्टमार्टमपछि बुवा श्रीकृष्ण महर्जनले दागबत्ती दिएका हुन्।

पोस्टमार्टम रिपोर्टअनुसार महर्जनको दायाँ हातको कुहिनो नजिकबाट छिरेको गोली कोख हुँदै ढाडबाट निस्किएको पाइएको छ। गत चैत १५ मा राजावादी प्रदर्शनका क्रममा गोली लाग्दा उनको ज्यान गएको थियो।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस