२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

रवीन्द्र मिश्र र धवलशमशेर राणा प्रहरी हिरासतमा रुम पार्टनर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं डा. सांसद धवलशमशेर राणा प्रहरी हिरासतमा रहेका छन्। उनीहरूलाई गत शुक्रबार राति बीएन्डबी अस्पतालमा घाइते भेटेर फर्कने क्रममा पक्राउ गरिएको थियो।

सुरुमा मिश्रलाई अन्य थुनुवासँग राखिएको थियो । तर उनले असहज भएको गुनासो गरेपछि शनिबारदेखि राणासँगै एकै कोठामा राखिएको छ। उनीहरु अहिले रुम पार्टनर छन् । प्रहरीका अनुसार उनीहरू दालभातको मेस खाना नखाई क्यान्टिनबाट रुचि अनुसारको खाना मगाएर खान्छन्।

हिरासतमा भेट्न जाने नेताहरूले उनीहरूसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरिरहेका छन्। राणाले क्यान्सर उपचारपछि विशेष खानपानमा ध्यान दिइरहेका छन्। काजु र स्याउ उनको रुचीको खाना बनेको छ । प्रहरीले उनीहरू कम्तीमा पाँच दिन हिरासतमा रहने जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस