काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बुधबार शोक विदा दिने निर्णय गरेको छ। मंगलबार बसेको नगर कार्यपालिका बैठकले नगरवासीसमेत रहेका सांसद दीपक बोहराको निधनप्रति दुःख व्यक्त गर्दै शोक विदाको घोषणा गरेको हो।
रुपन्देही-३ बाट निर्वाचित सांसद बोहराको मंगलबार बिहान काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाका अनुसार, नगरप्रमुख इश्तियाक अहमद खाँको अध्यक्षतामा बसेको बैठकले बोहराको सम्झनामा नगरभर शोक विदा दिने निर्णय गरेको हो।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार

