२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

ज्याला नपाएपछि ठेकेदारमाथि पोखियो मजदुरको रिस, गाडी र डोजर रोकेर यतिसम्म गरे

काठमाडौं । म्याग्दीको बेनी–दरबाङ सडकको रणबाङ–दरबाङ खण्डमा काम गरेका मजदुरले ज्याला नपाएको भन्दै ठेकेदारको गाडी र डोजर बेनीमा रोकेका छन्। क्याराभान कन्स्ट्रक्सनले दुई वर्षदेखि २५ मजदुरको ३० लाख रुपियाँ नदिएपछि उनीहरूले गाडी (प्रदेश २–०३ को ००१ क ०१३४) र डोजर रोकेका हुन्।

मजदुर तुलराम सार्कीले २०७८ देखिको ज्याला नपाएको र ठेकेदारले बेवास्ता गरेको गुनासो गरे। ‘ज्याला नपाएसम्म छाड्दैनौँ,’ उनले भने। सोमबार राति उपकरण लैजान खोजेपछि प्रहरीको सहयोगमा रोकेर मजदुरले रातभर पहरा दिए।

जिल्ला प्रशासनमा छलफल भए पनि ठेकेदारले अटेर गरेको र रकम माग्दा धम्की दिएको क्युपेक नेपालकी सचिव बलादेवी राईले बताए। ‘ज्याला नपाएसम्म उपकरण लैजान दिँदैनौँ, आन्दोलन गर्छौँ,’ उनले भने।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस