२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

तीनकुने घटना: गृहमन्त्रीलाई संसदीय समितिमा बोलावट

काठमाडौं । संसदीय समितिले काठमाडौं तीनकुनेमा भएको राजावादी प्रदर्शनमा लुटपाट, तोडफोड र आगजनीबारे स्पष्टीकरण दिन गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिले प्रदर्शनका क्रममा भएको क्षति र सुरक्षाको अवस्थाबारे प्रत्यक्ष जवाफ मागेको हो।

समितिका सभापति रामहरि खतिवडाका अनुसार गृहमन्त्री लेखक आगामी शुक्रबारको बैठकमा उपस्थित हुनेछ।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस