२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

काठमाडौं आउँदै गरेको गाडीमा प्रहरीले के देख्यो? फर्पिङ बसपार्कबाट दुई भारतीय पक्राउ

काठमाडौं । फर्पिङ बसपार्कबाट २ किशोरलाई लागूऔषधसहित पक्राउ गरिएको छ।

इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार, १८ वर्षीय किशोरहरू सागर कुमार यादव र रामु कुमार यादवलाई ९८ एम्पुल नोर्फिन, ९९ एम्पुल फेनारगन र १ सय एम्पुल डाइजेपामसहित मंगलबार बेलुकी पक्राउ गरिएको हो।

भारत बिहार मोतिहारी र रक्सौलका यी किशोरहरूलाई कलैया-वीरगंज हुँदै काठमाडौं आउँदै गरेको बा.प्र.०३-००१ ज ६४६ नम्बरको गाडीमा सवार अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका किशोरहरूलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीको नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस