काठमाडौं । कीर्तिपुर नगरपालिका-४ भत्केपाटीबाट २५ वर्षीय सौगात परियारलाई ट्रामाडोल ५० ट्याब्लेटसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
चितवन घर भएका सौगात परियारलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनको कोठामा तलासी गर्दा उक्त लागूऔषध फेला पारेको हो।
पक्राउ परेका परियारलाई लागूऔषध मुद्दामा थप अनुसन्धान र कारबाहीका लागि प्रहरीको नियन्त्रणमा लिइएको छ।
प्रकाशित मिति : २०८१ चैत्र १९ गते बुधवार

