२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

काठमाडौं आउँदै गरेको जिप दुर्घटना हुँदा १० जना घाइते, ३ को अवस्था गम्भीर

काठमाडौं। रौतहटको गौरबाट काठमाडौं आउँदै गरेको जिप इन्द्रसरोवर गाउँपालिका–२ बतासेमा दुर्घटनामा परेको छ, जसमा १० जना घाइते भएका छन्।

आज बुधबार दिउँसो भएको दुर्घटनामा १ नं. जिप (ना१ज ५४८५) को ब्रेक फेल भएर भीमफेदी–कुलेखानीसिस्नेरी सडक खण्डको १०० मिटर तल खोल्सामा खस्दा ३ जना यात्रु गम्भीर घाइते भएका छन्।

मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार, १ जना घाइतेको अवस्था मध्यम र ५ जना घाइतेको अवस्था सामान्य रहेको छ।

घाइतेहरूको पहिचान हुन बाँकी रहेको र उपचारका लागि काठमाडौं पठाइएका छन्। जिप चालक प्रहरी चौकी खानीखेतसँग सम्पर्कमा रहेको प्रहरी जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस