काठमाडौं। काठमाडौंको तीनकुने क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा आगजनी, तोडफोड र राज्यविरुद्धका अपराधमा संलग्न थप ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गत शुक्रबार भएको घटनामा प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण, निषेधित क्षेत्र तोडफोड, सर्वसाधारणको सम्पत्ति र सवारी साधनमा क्षति पुर्याएको आरोपमा नियन्त्रणमा लिएको जानकारी दिएको छ।
उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते बुधवार

