काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन्। मदिरा सेवन गरी नगर प्रमुख छविलाल थारु र उप प्रमुख रत्नकुमारी पाण्डेसँग अभद्र व्यवहार गरेको आरोपमा उनलाई बुधबार बेलुका पक्राउ गरिएको हो।
मङ्गलवार कार्यालय समयमा मदिराले मातेर उप प्रमुख पाण्डेलाई गाली गर्दै हातपात गर्ने प्रयास गरेको भन्दै नगर प्रमुख थारु नेतृत्वको टोलीले प्रहरीमा उजुरी दिएको थियो। प्रहरीले मंगलबार उनलाई नियन्त्रणमा लिएर साँझ छोडेको भए पनि पुनः मुद्दा दर्ताका लागि पक्राउ गरिएको प्रहरी उपरीक्षक केदार खनालले बताएका छन्।
आचार्यले भने नगर प्रमुखले पावर टेलर खरिदमा पाँच लाख कमिसन नपाएपछि आफूलाई फसाउन प्रहरी बोलाएको आरोप सामाजिक सञ्जालमा लेखेका छन्।
प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार

