२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

अबको माग राजा होइन प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने हो, म पनि उम्मेदवारी दिनेछु : मेयर साम्पाङ

Mayor Sampang protested in Kathmandu demanding a directly elected executive head by the people

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आजको माग राजा नभइ प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने व्यवस्था भएको बताएका छन्।

सामाजिक सञ्जलामा लेख्दै उनले राजा ल्याउने परिवर्तन नभइ प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने र चुनिएको राष्ट्रपतिबाट आएका मन्त्रिमण्डल बनाउने भएको बताएका हुन्। उनले उक्त मन्त्रिमण्डललाई ५ वर्ष देश चलाउन दिने व्यवस्था समेत रहेको माग गरे।

साथै यसो भएमा आफूले पनि उम्मेदवारी दिने मेयर साम्पाङले उल्लेख गरे।

उनले भने, राजा ल्याउने परिवर्तन होइन प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने र चुनिएको राष्ट्रपतिले जो जस्लाई लिन चाहन्छ ती व्यक्तिहरूलाई लिएर मन्त्रिमण्डल बनाएर चुपो लागेर ५ वर्ष देश चलाउन दिने व्यवस्था गरौँ ! आजको माग यो हो, राजा होइन१ म पनि उम्मेदवारी दिनेछु !

 

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस