विराटनगर। नोबेल मेडिकल एण्ड टिचिङ अस्पतालको प्रयोगशालामा बिहीबार दिउँसो आगलागी भएको थियो।
जानकारी अनुसार, जेनेरेटर सर्ट भएर आगो लाग्न थाल्यो र त्यसले ल्याबमा फैलिएको थियो। केही समयको प्रयासपछि अस्पताल प्रशासनले आगो नियन्त्रणमा लिइयो।
हाल कुनै मानवीय क्षति नभएको र आगो निभाइसकिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार

