२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

काबुमा छैन काठमाडौंको वायु प्रदूषण, विज्ञले दिए हप्ताको दुई दिन सार्वजनिक बिदाको सुझाव

काठमाडौँ। वातावरण प्रदूषणको हालको अवस्थाबारे सहरी विकास मन्त्रालयमा छलफल भएको छ। प्रदूषणको बढ्दो स्तरलाई कसरी रोक्ने र यसको असर कम गर्ने विषयमा बिहीबार कार्यवाहक प्रधानमन्त्री र सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरोकारवाला र विज्ञहरूसँग बैठक गरेका हुन्।

छलफलमा सहभागी विज्ञहरूले प्रदूषण घट्न नहुँदासम्म हप्तामा दुई दिन सार्वजनिक बिदा दिने र सवारी साधनको लागि जोर–बिजोर प्रणाली लागू गर्ने सुझाव दिएका छन्। साथै, सडक र अन्य आयोजना निर्माण गर्दा प्रदूषणसम्बन्धी शुल्क अनिवार्य तिर्ने व्यवस्था गर्ने पनि उनीहरूको सुझाव थियो।

सिंहले प्रदूषण रोक्न उद्योग, कलकारखाना र अन्य पूर्वाधार निर्माणको प्रभावलाई ध्यानमा राखेर पहल गर्ने बताएका छन्। उनले भने, ‘प्रदूषण न्यूनीकरणका लागि सम्बन्धित निकायसँग छलफल गर्ने छौँ र त्यसपछि मात्रै निर्णय गर्नेछौँ।’

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस