२२ चैत्र , काठमाण्डौँ । सामाजिक सञ्जालको दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-९ सिनामंगलमा डेरा बस्ने सिराहा धनगढी नगरपालिका–७ गोलबजारका २७ वर्षीय राम बिहारी साफी बुधबार पक्राउ परेका हुन् ।
उनले प्रेम सम्बन्धमा रहँदाका अन्तरंग तस्बिर र भिडियो सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जालमा पोस्ट गर्ने र पीडितका आफन्तलाई पठाइदिने धम्की दिएका थिए। पीडितको उजुरीका आधारमा साइबर ब्युरोको प्रहरी टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीमाथि विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थपको अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार

