२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

हङकङमा हुने टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा, को-को छन् ? (नामसहित)

२३ चैत्र, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले हङकङमा हुन गइरहेको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि टोलीको घोषणा गरेको छ । अप्रिल ९ देखि १३ सम्म सञ्चालन हुने खेलका लागि क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा आशिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करन केसी, शहाब आलम, नन्दन झा, रिजन ढकाल र गुलसन झा परेका छन् । क्यानले केही दिनअघि अष्ट्रेलियाका पूर्वखेलाडी तथा प्रशिक्षक अस्टुअर्ट ललाई पुरुषतर्फको क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस