२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु

२३ चैत्र, काठमाण्डौँ । अछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ । साँफेबगर नगरपालिका ५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चैते दसैंका अवसरमा गाउँमा काटेको खसीको मासु घरमा ल्याएर पकाई खाने क्रममा मासु अड्किएर बेहोस भएपछि बयालपाटा अस्पतालमा उपचारका क्रममा आज १२ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताए ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस