२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

किसानको मुहारमा हाँसो ल्याउने एक मात्र ब्यक्ति रबि हुन् : हरि ढकाल

२३ चैत्र, काठमाडौँ । रास्वपाका सांसद हरि ढकालले पार्टी सभापति रवि लामिछानेलाई राज्यले लखेटेको आरोप लगाएका छन् । राज्यले लखेट्नै नहुने मान्छेलाई लखेटिरहेको उनको भनाइ छ ।

पार्टीको शनिबारदेखि सुरु भएको जनयात्रा कार्यक्रमलाई चितवनको भरतपुरमा सम्बोधन गर्दै उनले लामिछानेलाई न्यायालयको सम्मान गर्छु भन्दाभन्दै गुण्डागर्दी शैलीमा प्रहरीले बेबडरुमसम्मै गएर पक्राउ गरेको बताए । उनले लामिछानेमा किसानको मुहारमा हाँसो ल्याउने, रोजगारी सिर्जना गर्ने, विधिको शासन स्थापना गर्ने, भ्रष्टलाई पाता कस्ने अन्तिम इच्छा रहेको भन्दै अहिले सरकारमा रहेका भ्रष्टहरू एक जना व्यक्तिको पछि दौडिरहेको आरोप लगाए ।

उनले रविको मुटुमा रगत नभई तेजाब रहेको भन्दै त्यो तेजाबले भ्रष्टहरूलाई जलाउने चेतावनी दिए ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस