२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

प्रहरीलाई ठूलो सफलता, रंगेहात १५ जना पक्राउ

काठमाडौं । नेपालका विभिन्न स्थानहरूमा लागूऔषध नियन्त्रणको लागि गरिएको विशेष अपरेसनमा १५ जना व्यक्तिहरूलाई अवैध लागूऔषध सहित पक्राउ गरिएको छ।

कञ्चनपुर
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ बनगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित ३१ वर्षीय किशोर भट्टलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-६ बनगाउँ भगवती टोलबाट ८ सय १० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ सहित ३० वर्षीय दिपेश बोगटीलाई पनि पक्राउ गरिएको छ।

कैलाली
कैलालीको धनगढी उपमहानगरपालिका-२ बाट २ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो पदार्थ सहित २७ वर्षीय कमल रानालाई पक्राउ गरिएको छ।
त्यस्तै, धनगढी उपमहानगरपालिका-२ बाट १ ग्राम १ सय ८० मिलिग्राम ब्राउनसुगर जस्तो पदार्थ सहित १९ वर्षीय गोविन्द कठायत र २२ वर्षीय दिपक बोहरा पक्राउ भएका छन्।

भजनी (कैलाली)
कैलालीको भजनी नगरपालिकाबाट २ ग्राम १ सय ५० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ सहित २२ वर्षीय सागीराम चौधरी, २१ वर्षीय निरज चौधरी र २३ वर्षीय निरज चौधरीलाई पक्राउ गरिएको छ।

मोरङ
मोरङको विराटनगर महानगरपालिका-१७ मटेरूवाबाट ९ ग्राम ३ सय १० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ सहित ४२ वर्षीय निरज श्रेष्ठलाई पक्राउ गरिएको छ।
त्यस्तै, विराटनगर-१५ एक नम्बर ढाँटबाट ३ ग्राम २ सय ६० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ सहित २१ वर्षीय सुजन विश्वकर्मालाई पनि पक्राउ गरिएको छ।

झापा
झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टाबाट १ ग्राम २ सय ३० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ सहित १९ वर्षीय सुनिल विश्वकर्मालाई पक्राउ गरिएको छ।

मकवानपुर
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ मौवाटारबाट ४३ ग्राम ६ सय ५० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ, नगद १ लाख ३० हजार १ सय १० रूपैयाँ, मोबाइल ३ थान, सुनको सिक्ररी १ थान सहित २ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा २१ वर्षीय हरसित राज मुक्तान र २२ वर्षीय समतेन डिमडुङ रहेका छन्।

सिराहा
सिराहाको सिरहा नगरपालिका-१४ लच्काबाट २ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ सहित २४ वर्षीय प्रबिन बुढाथोकी र २२ वर्षीय श्रवण कुमाललाई पनि पक्राउ गरिएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस