२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

मौसम पूर्वानुमान : यी प्रदेशमा हल्का वर्षा, अन्य भूभागको मौसम कस्तो रहला ?

२४ चैत्र , काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू९भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

देशका अधिकांश भूभागहरूमा वर्षाको सम्भावना कम रहेको, जसका कारण सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने सम्भावना रहेकोले यसबाट स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्छ । त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस