२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

करून्जेमा भरूवा बन्दुकसहित पक्राउ परेका युवकको पहिचान खुल्यो

काठमाडौं । धनकुटाको छथरजोरपाटी गाउँपालिका-३ करून्जेबाट एकनाले भरूवा बन्दुक १ थान सहित २८ वर्षीय राम कृष्ण लिम्बुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी जोरपाटी बजारबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो। यस घटनासम्बन्धी प्रहरी अहिले आवश्यक अनुसन्धान गर्दै छ।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस