२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

अन्ततः फरार दुर्गा प्रसाईंबारे बोले प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कटाक्ष गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले प्रसाईंलाई ‘हावा-हावा मान्छे’ भनेर टिप्पणी गरे। उनले भने, ‘‘एउटा दुर्गा प्रसाईं भन्ने छ नि, त्यो चाहिँ हावा–हावा छ मान्छे। त्यो हामीले बुझेकै कुरा हो। नेवा समुदायले साथ दिएन भन्दै हिँडेका छन्।’

प्रचण्डले गणतन्त्र विरोधी अभियानलाई जनता र समुदायले समर्थन नगर्ने दाबी गर्दै प्रसाईंको नाममा व्यंग्य गरे। प्रसाईंलाई चैत्र १५ गते भएको हिंसात्मक तीनकुने घटनाको कमान्डर भन्दै प्रहरीले सोही रातिदेखि खोज्दै आएको छ। तर उनी अहिले पनि प्रहरीको सम्पर्कमा छैनन्।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस