काठमाडौं । नागार्जुन नगरपालिका–१ रानीवनस्थित देवबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्।
शनिबार बेलुकी प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई १ लाख ५७ हजार ८ सय रुपैयाँ नगद र ३ बुक ताससहित नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८१ चैत्र २३ गते आइतवार

