काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आगामी २०८४ सालको निर्वाचनमा सहभागी हुने तयारीसहित निर्वाचन आयोगमा दल दर्ता गर्न लागेको छ।
पोलिटब्युरो बैठकको निर्णय अनुसार कर्णजित बुढाथोकी, चिरञ्जीवी ढकाल र कपिल पोखरेललाई दल दर्ताको जिम्मा दिइएको छ। नेकपाकै नाममा दल दर्ता गरिनेछ भने चुनाव चिह्नबारे छलफल जारी छ।
माओवादी केन्द्रसँग एकता प्रक्रिया अघि नबढेपछि दल दर्तातर्फ लागिएको हो।
प्रकाशित मिति : २०८१ चैत्र २३ गते आइतवार

