काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गतेको सभा अब बल्खुमा गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले भृकुटीमण्डपमा सभा गर्न अनुमति नदिएपछि राप्रपाले वैकल्पिक स्थलको रूपमा बल्खु रोजेको हो।
प्रशासनले सुरक्षा कारण देखाउँदै सभा बल्खु वा सिफलमा गर्न सुझाएको थियो। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार, सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायत नेताहरूले सम्बोधन गर्नेछन्।
राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित जुलुस र सभा गर्दैछ। यसअघि भएको हिंसात्मक प्रदर्शनपछि राप्रपाले शान्तिपूर्ण संघर्षको रणनीति अपनाएको जनाएको छ।
प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार

