२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

सगरमाथाको शिखर चुम्ने यात्रामा निस्किएकी महिला प्रहरी छोपेल शेर्पालाई शुभकामना

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रम दौरान प्रहरी महानिरीक्षक दिपक थापाले सगरमाथा आरोहणका लागि शुभकामना सहित ब्यानर हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा, थापाले शेर्पालाई सफल र सहज यात्रा शुभकामना दिनुका साथै आरोहणमा सहयोग पुर्याउने विभिन्न सरकारी निकाय र ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिका कृतज्ञता व्यक्त गरे।

महिला, बालबालिका र जेष्ठ नागरिक सेवा निर्देशनालयकी प्रहरी वरिष्ठ उपरीक्षक रञ्जु सिग्देलले लैंगिक हिंसा विरूद्धको अभियान र आरोहण कार्यक्रमका बारेमा जानकारी दिए।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।

प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस