२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

विमानस्थलमा स्क्रिनिङ गर्दा बैङ्ककबाट आएका भारतीय रंगेहात समातिए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ८ किलो ८ सय ५५ ग्राम सहित भारतीय नागरिक २८ वर्षीय सन्दीप कूवत्तुमूल्ला उनि आइतबार दिउँसो पक्राउ परेका छन्।

थाई एयरको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई भन्सार एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको ब्यागेजबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस