२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

गणतन्त्रको सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेको हो: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको सहमति आफैं, गिरिजाप्रसाद कोइराला र तत्कालीन राजा ज्ञानेन्द्र शाहबीच भएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादी नेताहरू पछि मात्र उक्त सहमति स्वीकार गरेको बताए।

उनका अनुसार, एमालेले साउनमै गणतन्त्रको निर्णय गरिसकेको थियो, जबकि माओवादी मंसिरमा मात्र सहमतिमा आएको थियो। उनले पूर्वराजा ज्ञानेन्द्रलाई राजनीति गर्न चाहिँ पार्टी खोलेर मैदानमा आउन सुझाव दिएका छन्।

प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस