काठमाडौं । आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पर्सा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोको समन्वयमा नेकमेकको Cyber Tipline Report 207962886 को आधारमा उनलाई पक्रिएको हो।
प्रहरीका अनुसार अभियुक्तले सामाजिक सञ्जाल र डिजिटल माध्यम प्रयोग गरी यौन दुर्व्यवहार गर्दै अश्लील सामग्री जिमेल र ड्राइभमा राखेका थिए। तीनवटा मोबाइल नम्बरको विश्लेषणपछि छपकैया प–१ बाट उनलाई चैत २२ गते नियन्त्रणमा लिइएको हो।
प्रहरीले सम्बन्धित भिडियो बरामद गरी करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाएको छ। पर्सा जिल्ला अदालतबाट सात दिनको म्यादसमेत थप गरिएको छ। अभियुक्तको परिचय भने गोप्य राखिएको छ।
प्रकाशित मिति : २०८१ चैत्र २५ गते मङ्गलवार

