२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

राजावादी प्रदर्शनकारीलाई रिहा नगरे सामूहिक गिरफ्तारी दिने जगमान गुरुङको घोषणा

२७ चैत्र , काठमाडौँ । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले पक्राउ परेका राजावादी प्रदर्शनकारीलाई रिहा नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् ।

समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत गुरुङले राजावादी प्रदर्शनकारीलाई वैशाख २१ गतेसम्म रिहा गर्न अल्टिमेटम दिएका छन् । यदि माग पूरा नभए वैशाख २२ गतेको दिन सामूहिक गिरफ्तारी दिने उनको भनाइ छ ।

गुरुङले भने, “यदि सरकारले वैशाख २१ गतेभित्र हाम्रो माग पूरा नगरे २२ गतेदेखि तीनकुनेमा सामूहिक गिरफ्तारीको प्रक्रिया सुरु हुनेछ ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस