२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

‘विश्वव्यापी ज्ञानको सुरुवात पाणिनी तपोभूमिबाट भएको हो’ : प्रधानमन्त्री ओली

२७ चैत्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गर्दै यही भूमि विश्वव्यापी ज्ञानको सुरुवात भएको ठाउँ भएको बताएका छन्। अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाणिनिको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शंका नरहेको प्रस्ट पारे ।

’यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो, यहाँबाटै ज्ञानको सुरुवात भयो, प्रधानमन्त्री ओलीले भने –’विश्वका व्याकरणका पिता पाणिनि यही भूमिमा जन्मनु भएको हो । अरु सबै व्याकरणहरूले पाणिनिको सूत्रलाई आधार मानेका छन् । प्रधानमन्त्री ओलीले पाणिनिको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेष गरी कृत्रिम बौद्धिकता एआई विकासमा समेत प्रयोग भैरहेको बताए ।

 

प्रकाशित मिति : २०८१ चैत्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस