२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

लामो समयको प्रतिक्षापछि काठमाण्डौँमा पर्यो पानी, प्रदूषण हट्ने अनुमान !

१७ चैत्र , काठमाडौँ । काठमाडौँ उपत्यकामा पानी परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार काठमाडौंका एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा पानी परेको छ ।

वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ भने वायु प्रदूषणबाट नागरिकले राहत पाउने भएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस