२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

दुर्गा प्रसाईंले भने, म बाँच्ने ग्यारेण्टी सरकारले गरे केही घण्टामा नै सार्वजनिक हुन्छु

काठमाडौं । फरार दुर्गा प्रसाईंले भर्खरै मुख खोलेका छन् । उनले आफ्नो ज्यान बाँच्ने ग्यारेण्टी भए केही घण्टामा नै सार्वजनिक हुने दाबी गरेका छन् । उनले म भागेको होइन, जोगिएको मात्र हो । ज्यान बचाउने ग्यारेण्टी सरकारले दिन्छ भने केही घण्टामा नै सार्वजनिक हुन्छु उनले भनेका छन् ।

राजावादी आन्दोलनमा हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले आफू नभागेको दाबी गरेका छन् । बुधबार सामाजिक सञ्जालमा उनले स्पष्ट पारे, “म भागेको होइन, जोगिएको मात्र हो, किनकि म रहेभने यो जनविद्रोह सफल हुन्छ।”

प्रसाईंले भने, “म केवल व्यक्ति दुर्गा होइन, ‘दुर्गा’ एउटा विचार हो। यस्ता आन्दोलनहरू एक व्यक्तिबाट नै सुरु हुन्छ र सफल हुन्छ।” उनले पेरुका गोञ्जालोको उदाहरण दिंदै भने, “यदि म नरहे, यो आन्दोलन सेलाउँछ।”

 

प्रकाशित मिति : २०८१ चैत्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस