काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजावादीहरूलाई अब संवैधानिक राजाको एजेन्डा लिएर देशको समय खेर नफाल्न आग्रह गरेका छन्। पार्टीको दोस्रो प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै थापाले भने, नेपालको राजा जति सफा गरेर धोएपनि, उसलाई संवैधानिक राजा बनाउन सकिँदैन।
थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकाललाई सन्दर्भमा राख्दै भने, निर्मल निवासमा रहँदा देशमा उत्पात मच्चाइयो। त्यस्तो व्यक्तिलाई संवैधानिक राजा बनाउन सकिँदैन। उनले थपे, कांग्रेसले लामो अनुभव पछि यो निष्कर्षमा पुगेको हो। निर्मल निवासमा हुँदा के भएको थियो भन्ने कुरा सबैलाई थाहा छ। राजावादीहरूले जुन दुर्गा प्रसाईं र नवराज सुवेदीलाई खोजेर ल्याएर हाम्रो क्षेत्रको नेता बनाउँछन्, उनीहरूलाई सम्झेर भन्न चाहन्छु, राजावादीहरूको कुरा अब रोक्नु पर्छ।
थापाले भने, यो देश नेपाली जनताले छानेका प्रतिनिधिहरू चलाउन सक्षम छन् र भविष्य नेपाली जनताको नेतृत्वमा मात्रै हुनेछ। उनको यो भनाइले राजावादीहरूको प्रयासलाई पुनः अस्वीकार गर्दै लोकतान्त्रिक पद्धतिमा अघि बढ्नका लागि मद्धत पुर्याएको छ।

