२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

चैत १५ को घटना : तोडफोड र आगजनी गर्नेहरु अधिकांश गैरराजावादी र यातायात मजदुर

काठमाडौं । चैत १५ को राजावादी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न अधिकांश व्यक्ति गैरराजावादी र यातायात मजदुर रहेको पुष्टि भएको छ । प्रहरीले पक्राउ गरेकाहरुमा १० जना राजनीतिक पृष्ठभूमिका छन् र बाँकी सबै यातायात मजदुरहरू हुन् ।

जडिबुटी र कोटेश्वरमा भएको आगजनी र तोडफोडका घटनामा २७ वर्षीय कुमार तामाङ र उनका साथीहरूका साथ सुशील बराल पनि संलग्न थिए। यी व्यक्तिहरू कुनै पनि राजावादी गतिविधिमा संलग्न थिएनन् ।

केवल रमाइलोको लागि आन्दोलनमा सामेल भएका अनुशन्धानबाट देखिएको छ । प्रहरीका अनुसार उनीहरूले कानूनी कारबाहीको सामना गर्नु पर्नेछ।

 

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस