२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

गगन थापाको प्रधानमन्त्रीप्रति कटाक्ष: बिँड तातेर ताप्के नतात्ने रहेछ, अपेक्षित काम भएन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संयुक्त सरकारले अपेक्षित रूपमा काम गर्न नसकेको बताएका छन्। उनले सरकार गठन गरेको संयन्त्रका सुझावलाई समेत बेवास्ता गरिएको गुनासो गरे।

‘बिँड तातेर मात्र केही हुँदैन, ताप्के पनि तात्नुपर्छ,’ भन्दै थापाले सरकारको निष्क्रियता प्रतीकात्मक रूपमा व्याख्या गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिपनि कटाक्ष गरे ।

कार्यक्रममा थापाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न नसक्ने दाबी समेत गरे। कांग्रेसले संवैधानिक राजसंस्थाप्रति सम्मान देखाए पनि राजाहरूले त्यसको मूल्य नबुझेको आरोप लगाए। उनले निर्मल निवासमै हुँदा त्यत्रो उत्पात भएको भन्दै शाहलाई संवैधानिक राजा बनाउने कल्पना असम्भव भएको उल्लेख गरे।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस