२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

काठमाडौंमा रंगेहात पक्राउ परेका तीन जना को हुन्? [नामसहित]

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट २ हजार ३ सय ९० ट्याब्लेट ट्रामाडोलसहित रौतहट गुजरा नगरपालिका-२ कटानीका १९ वर्षीय वाङ्पो दोर्जे योञ्जनलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। उनलाई इभि गाडीमा सवार अवस्थामा फर्पिङस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।

त्यसैगरी, काठमाडौं नागार्जुन नगरपालिका-३ ठूलो भर्याङबाट १ सय २६ ट्याब्लेट ट्रामाडोल सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। नुवाकोट बिदुर नगरपालिका-२का ३० वर्षीय कृष्ण बहादुर तामाङ र बेलकोटगढी नगरपालिका-१ घर भइ बालाजु बस्ने ३० वर्षीय भानुभक्त खनाल पक्राउ परेका छन्। प्रहरी टोलीले उनीहरूलाई लागूऔषध सहित पक्राउ गरेको हो।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस