२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

१७ वर्षीया किशोरीलाई जबरजस्ती गरेको आरोपमा १९ वर्षीय एलोन पक्राउ

Rape of a minor

मकवानपुर। मकवानपुरको थाहा नगरपालिका–३ शिखरकोट बस्ने १९ वर्षीय एलोन बिष्टलाई मंगलबार दिउँसो प्रहरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ।

प्रहरीका अनुसार बिष्टविरुद्ध उक्त किशोरीले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। घटनाको थप अनुसन्धानका लागि प्रहरीले आवश्यक कारबाही अगाडि बढाएको छ र यो प्रकरणमा विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस