२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

‘हालसम्म दुर्गा प्रसाईं पक्राउ परेका छैनन्, सत्य समाचार मात्र संप्रेषण गरौँ’ : नेपाल प्रहरी

२९ चैत्र, काठमाण्डौँ । नेपाल प्रहरीले दुर्गा प्रसाईं हालसम्म पक्राउ नपरेको दाबी गरेको छ । प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले बिहीबार राति जारी गरेको विज्ञप्तिमा विभिन्न आपराधिक घटनामा संलग्न रही फरार प्रसाईं खोजीको सूचीमा रहेको र हालसम्म पक्राउ नगरेको उल्लेख छ ।

गृह मन्त्रालय स्रोतले भने बिहीबार प्रसाईं भारतमा पक्राउ परेको उल्लेख गरेको थियो । यस्तै प्रसाईंको सचिवालयले पनि फेसबुकमार्फत प्रसाईंले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस