२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

दैलेखमा सुतेकै ठाउँबाट तीन महिने शिशु गायब, आमा बेहोस अवस्थामा

२९ चैत्र, काठमाण्डौँ । दैलेखको ठाँटीकाँध गाउँपालिकामा सुतेकै ठाउँबाट एउटा शिशु गायब भएका छन् । ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशु बेपत्ता पारिएको हो । ‎गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढालाई बेपत्ता पारिएको प्रहरीले जनाएको छ ।

‎बमबहादुरका दाजु दीपक बुढाका अनुसार सबै सुतिरहेका बेला ‎घर पछाडिको रुखमा राखेको खरमा आगो लागेको थियो । खरमा आगो लागेको थाहा पाएपछि घरका सबै जना आगो निभाउन गएका थिए । तर, आगो निभाएर फर्किँदा घरमा बच्चा थिएन । बच्चा चोर्न कुनै समूहले खरमा आगो लगाएको हुनसक्ने उनले आशंका गरे । ‎बेपत्ता पारिएको शिशुसँगै अर्को छोरा पनि साथमा सुतेका थिए । तर, आउँदा ठुलो बच्चा सुतिरहेकै भए पनि सानो बच्चा नभएको उनले बताए ।‎

प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस