२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

पूर्वराजालाई संसदीय समितिमा बोलाएर ठेगान लगाउन प्रस्ताव

२९ चैत्र , काठमाडौँ । सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन प्रस्ताव गरेका छन् । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ गतेको घटनाबारे छानबिन गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिको बैठकमा बोलाउन प्रस्ताव गरेका हुन् । कांग्रेस सांसद जीवन परियारले कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर घटनाबारे सोधपुछ गर्नुपर्ने बताएका हुन् ।

कानून समितिको बैठकमा बोल्दै उनले पूर्वराजालाई समितिको बैठकमा बोलाएर मानव अधिकार उल्लंघन हो कि होइन ? भन्नेबारे सोध्नुपर्ने बताए । परियारले पूर्वराजालाई एउटा नागरिकको हैसियतले यस्तो गर्न पाउनु हुन्छ ? भन्दै सोध्नलाई समितिमै ल्याउनुपर्ने तर्क गरेका छन् । उनले संविधानको नजरमा सबै बराबरी रहेको भन्दै अराजकता मच्चाउने छुट कसैलाई नभएको बताए ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस